
डा. हरिमोहन पोखरेल
कोहिमा /मणिपुर राज्यमा आगामी विधानसभाको लागि आज पहिलो चरणको मतदान संपन्न भएको समाचार छ ।
प्राप्त समाचार अनुसार पहिलो चरणको चुनावमा राज्यका केही पोलिङ बुथहरूमा छिटपुट घटना भएको खबर छ भने चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भयो ।
विभिन्न संचार माध्यमबाट प्राप्त समाचार अनुसार आज संपन्न भएको चुनावमा अस्सी प्रतिशत मतदान भएको पनि समाचारले पुष्टि गरेको छ ।
यस पटकको चुनावमा मुख्य रूपमा भाजपा, कॉग्रेस, एनपीएफ,जेडीयू तथा अन्य दलहरू बीच कडा प्रतिस्पर्धा रहेको छ ।
स्मरण रहोस् आगामी पाँच मार्चको दिन दोस्रो र अंतिम चरणको रूपमा मणिपुरमा चुनाव सम्पन्न हुने छ ।
प्रतिक्रिया