Pura Samachar

बलात्कारको आरोपी नेकपा एमाले सांसद मोहन बानियाँ  पक्राउ

प्रकाशित: March 1, 2022
पूरा समाचार

बलात्कारको आरोपी नेकपा एमाले सांसद मोहन बानियाँ  पक्राउ

दाङ । बलात्कारको आरोपी नेकपा एमाले सांसद मोहन बानियाँ  पक्राउ परेका छन् ।

बानियाँलाई काठमाडौंबाट फर्किदै गर्दा नेपालगञ्ज विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बानियाँ पक्राउ परेको जानकारी दिनुभएको हो । बानियाँले बलात्कार गरेको भन्दै ४० बर्षीया पीडित महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उनकै उजुरीको आधारमा बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

बानियाँले भने आरोप  झुट भएको भन्दै बचाउ गर्दै आएका थिए ।

प्रतिक्रिया