Pura Samachar

सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी

प्रकाशित: March 1, 2022
पूरा समाचार

सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी

सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी भएको छ। संसदबाट एमसीसी पास भएको विरोधमा भएको प्रदर्शनले उग्ररूप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरेन्द्रनगर नगर क्षेत्रमा भोलि (मंगलबार) साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी  खगेन्द्रप्रसाद रिजालले  जानकारी दिए।

प्रदर्शनकारीहरूले कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा रहेको नेकपा (एमाले) को पार्टी कार्यालयमा आगजनी गरेका छन् भने नेपाली कांग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालयमा ढुंगा मुढा गरेका छन्।

आक्रोशित प्रदर्शनकारीले एउटा प्रहरी बिटमा समेत आगजनी गरेका छन्।

पार्टी कार्यालय र प्रहरी बिटमा लगाइएको आगो प्रहरीले निभाएको छ। समयमै आगो नियन्त्रणमा लिएका कारण ठूलो क्षति भने नभएको स्थानीयले बताएका छन्।

 

प्रतिक्रिया