Pura Samachar

एमसीसी अघि बढ्दैमा अमेरिकी सेना आउँदैन, नेपालको भूमि कब्जा गर्दैन:माधवकुमार नेपाल

प्रकाशित: March 1, 2022
पूरा समाचार

एमसीसी अघि बढ्दैमा अमेरिकी सेना आउँदैन, नेपालको भूमि कब्जा गर्दैन:माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले विकास सहायता परियोजना एमसीसी संसदबाट पास गर्दैमा अमेरिकी सेना नआउने जिकिर गरेका छन्। एमसीसीबारे कट्टर विरोधी पार्टी समाजवादीले आइतवार यु टर्न लिँदै संसदमा पक्षमा उभिएको दुई दिनपछि पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्।

संसदले अनुमोदन गरिसकेपछि अमेरिका र चीनले पनि सकारात्मक भनिसकेका छन्’, उनले भने, ‘हामीले १२ बुँदे व्याख्या गरिसकेका छौँ। यसलाई अमेरिकाले मानिसकेको छ।’

नेपालले संविधानमाथि अरु कुनै कुरा हुन नसक्ने पनि बताएका  छन्। ‘१२ बुँदे व्याख्याले संविधानको सर्वोच्चतालाई स्वीकार गरेको छ’, उनले भने, ‘एमसीसी अघि बढ्दैमा अमेरिकी सेना आउँदैन, नेपालको भूमि कब्जा गर्दैन। हामी अमेरिकी सैन्य रणनीतिको अंग हुन सक्दैनौँ।’

प्रतिक्रिया