
काठमाडौं—वरिष्ठ अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेको नेतृत्वमा २ सय शैय्याको अत्याधुनिक अस्पतालमा सञ्चालनमा आउने भएको छ । एक महिनाभित्र सञ्चालमा ल्याउने तयारी रहेको फ्रन्टलाइन अस्पतालको कमाण्ड सोमबारदेखि डा. पाण्डेले सम्हालेका हुन् । राजधानीको पुरानो बानेश्वर ओरालोमा रहेको फ्रन्टलाइन अस्पतालको ‘चिफ अफ द प्रेसिडेन्ट क्लिनिकल सर्विसेज’का रुपमा काम थालेको डा. पाण्डेले पुष्टि गरे । ‘चिफ अफ द प्रेसिडेन्ट क्लिनिकल सर्विसेजका रुपमा सबै विभागहरुलाई कोर्डिनेट गर्ने गरी मैले आजबाट काम सुरु गरिसकेको छु,’ उनले हेल्थआवाजसँग भने, ‘हेड अफ द क्लिनिक सर्विसेजका रुपमा मैले काम गर्छु ।’ व्यवस्थापनले प्रमुख कार्यकारी अधिकृत (सिईओ)लगायतका जिम्मेवारी लिन आग्रह गरेपनि आफ्नो क्लिनिकल पक्ष सम्हाल्ने रुचिअनुसार यो जिम्मेवारी लिएको उनको भनाइ थियो । ‘उहाँहरुले सिईओलगायका जिम्मेवारी पनि अफर गर्नुभएको थियो,’ डा. पाण्डेले थपे, ‘तर, डाक्टरका रुपमा वेस्ट हस्पिटल बनाइदिन्छु भनेर मैले यो जिम्मेवारी लिए ।’ उनले आफूले इथिकल, बिरामीलाई माया गर्ने हस्पिटलका रुपमा फ्रन्टलाइन हस्पिटल विकास गर्न चाहेको उल्लेख गरे । ‘ठाउँ पनि राम्रो छ, यसलाई नेपालको नमुना अस्पताल बनाउने गरी काम गर्छु,’ उनले भने, ‘यो फिनिस प्रडक्ट विश्वस्तरी हुन्छ ।’ ग्राण्डी अस्पतालका परिकल्पनाकार समेत रहेका डा. पाण्डे केही महिनाअघि ग्राण्डीको मेडिकल निर्देशकबाट बाहिरिएका थिए । ग्राण्डी व्यवस्थापनसँगको द्वन्द्वका कारण उनले केही महिनाअघिबाट त्यहाँ प्रायक्टिस समेत छाडेका थिए । त्यसपछि उनी लाजिम्पाटस्थित आफ्नै अनामिवा क्लिनिक र नर्भिक अस्पतालमा सक्रिय रहेका थिए । फ्रन्टलाइन अस्पतालको मेडिकल नेतृत्व सम्हालेसँगै उनले नर्भिक अस्पताल छाडेका छन् । अब डा. पाण्डे विहान ८ बजेदेखि १ बजेसम्म फ्रन्टलाइन अस्पतालमा रहनेछन् । त्यसबाहेकको समय भने उनले लाजिम्पाटस्थित अनामिवा क्लिनिकलाई दिने बताए । ‘यहाँ म विहान ८ बजेदेखि १ बजेसम्म रहन्छु,’ उनले भने, ‘त्यसपछि लाजिम्पाटस्थित अनामिवा क्लिनिकमा जान्छु । ठूला केसहरुको शल्यक्रिया गर्नुपर्ने भएमा म अन्य समयमा पनि यहाँ आउँछु ।’ एक महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी भइरहेको फ्रन्टलाइन अस्पतालको अहिले सेटअप तीब्र गतिका साथ भइरहेको छ । डा. पाण्डेकाअनुसार अस्पतालमा २५—२६ वटा विभागमा हुनेछन् । ‘अलिकति समय लाग्ला ६ महिनादेखि एक वर्षसम्म,’ उनले भने, ‘अर्थोपेडिक्स, जनरल सर्जरी, न्युरो सर्जरी, गाइनो, पेडियाट्रिक्स, डर्माटोलोजी, कार्डियाक, इन्डोक्राइनोलोजीलगायतका २५—२६ वटा विभाग बनाउँछु ।’ अस्पतालको मुख्य फोकस भने बजेट ट्रमा केयरमा हुने उनले सुनाए । ‘हामी मिडिल क्लासबाट आएको हो,’ उनले भने, ‘त्यसैले मेरो मुख्य फोकस बजेट ट्रमा केयरमा हुन्छ ।’ यो केयरमा जतिखेर पनि
प्रतिक्रिया