Pura Samachar

भोलि बस्ने संसद बैठकका लागि सम्भावित कार्यसूचि सार्वजनिक

प्रकाशित: March 1, 2022
पूरा समाचार

भोलि बस्ने संसद बैठकका लागि  सम्भावित कार्यसूचि सार्वजनिक

काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

संसद सचिवालयले बुधवार दिउँसो १ बजेको संसद बैठकका लागि आज साँझ सम्भावित कार्यसूचि सार्वजनिक गरेको हो । सार्वजनिक कार्यसूचीमा एउटा प्रतिवेदन र दुई वटा विधेयक पेश गर्ने उल्लेख छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

त्यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

गत आइतबार बसेको प्रतिनिधिसभा बैठकले एमसीसी सम्झौता अनुमोदन गरेको थियो ।

प्रतिक्रिया