Pura Samachar

रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगे

प्रकाशित: March 2, 2022
पूरा समाचार

रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगे

काठमाडौँ । रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन्।

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनमा नेपालीहरू सुरक्षित रहेको राजधानी केभका सबै नेपालीले युक्रेन छोडेको जानकारी दिएका छन्।

रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मङ्गलवार साँझ सम्बोधन गर्दै राजदूत खड्काले युक्रेनमा रहेका नेपालीहरू पोल्यान्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा स–कुशल पुगेको जानकारी दिए।

समितिका अनुसार मंगलबारसम्म २ सय ३२ जना पोल्यान्ड, ३९ जना स्लो भाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल दावा पुगेका हुन्।

यसअघि राजदूत खड्काको अध्यक्षतामा बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीलाई सुरक्षित स्थानान्तरणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया