Pura Samachar

ग्याल्पो ल्होसारका उपलक्ष्यमा आज बिहीबार मुलुकभर  सार्वजनिक बिदा

प्रकाशित: March 3, 2022
पूरा समाचार

ग्याल्पो ल्होसारका उपलक्ष्यमा आज बिहीबार मुलुकभर  सार्वजनिक बिदा

सरकारले ग्याल्पो ल्होसारका उपलक्ष्यमा आज (बिहीबार) मुलुकभर  सार्वजनिक बिदा दिएको छ। यही फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठककाे निर्णयानुसार बिदा दिइएको गृह मन्त्रालयले बुधबार नै जारी गरेको सूचनामा उल्लेख छ।सूचनामा भनिएको छ, ‘फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ/संस्थाहरूमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय भएको हुँदा सबैमा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ।’

प्रतिक्रिया