Pura Samachar

शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)  केन्द्रीय कमिटीको बैठक बस्दै

प्रकाशित: March 3, 2022
पूरा समाचार

शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)  केन्द्रीय कमिटीको बैठक बस्दै

पार्टीले शुक्रबार बिहान ११ बजेका लागि बैठक बोलाएको हो ।

पार्टी कार्यालयले दिएको जानकारी अनुसार सबै केन्द्रीय सदस्यहरुलाई बैठकमा उपस्थित हुनका लागि म्यासेजमार्फत् अनुरोध गरिएको छ ।

केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा बस्ने पार्टीले जनाएको छ ।

यसअघि गत पुस २५ गतेदेखि बोलाइएको बैठक पटक-पटक कोरोना संक्रमणको कारण देखाउदै सार्ने गरिएको थियो । बैठकले अपूर्ण रहेको केन्द्रीय कमिटीलाई पूर्णता दिन छलफल गर्ने जनाइएको छ ।

प्रतिक्रिया