
सिंगापुर एयरलाइन्सको जहाजमा काठमाडौंबाट जापान जान लागेका एक व्यक्ति पक्राउ परेका छन्।
अवैध तरिकाले जापानिज येन लुकाएर लैजान लागेको अवस्थामा ती व्यक्तिलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
पक्राउ पर्नेमा स्याङजा मिर्मी गाउँपालिका-६ का ४८ वर्षीय रेश्मराज भट्टराई छन्।
मंगलबार दिउँसो १ बजे उनलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान क्षेत्रबाट पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।
भट्टराईको साथबाट १५ लाख ९० हजार जापानिज येन बरामद गरिएको उनले बताए। चेकिङ क्षेत्रको एक्सरे मेसिनले ठूलो परिमाणको नगद देखाएपछि उनको झोला तलासी गरिएको थियो।
भट्टराईलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग ललितपुरमा पठाइएको ढकालले बताए।
प्रतिक्रिया