Pura Samachar

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना

प्रकाशित: March 4, 2022
पूरा समाचार

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान उच्च पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने पहाडी भूभागमा आंशिक बदली छ । तराईमा मौसम सामान्यतया सफा देखिन्छ ।

दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शनिबार पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यता सफा रहने आँकलन गरिएको छ ।

 

प्रतिक्रिया