
काठमाडौं। श्रीलंकासँगको टेष्ट सिरिजअन्तर्गत पहिलो टेष्टको पहिलो इनिङ्समा भारतले बलियो अवस्थामा पुगेको छ। पहिलो दिनको खेल सकिँदा भारतले ८५ ओभरमा ६ विकेट गुमाएर ३ सय ५७ रनमा पारी समाप्तिको घोषणा गरेको छ।
उसका लागि विकेटकिपर ब्याटर ऋषभ पन्त उत्कृष्ट ब्याटिङ गरे। उनले ९७ बलमा ९ चौका र ४ छक्कासहित ९६ रन बनाए। उनी मात्रै ४ रनले शतक बनाउन चुकेका हुन्।
यस्तै, हनुमा विहारी ५८, विराट कोहली ४५, मयंका अग्रवाल ३३, कप्तान रोहित शर्मा २९ र श्रेयस अय्यर २७ रनमा आउट हुँदा रवीन्द्र जडेडा ४५ र रविचन्द्र आश्विन १० रनमा अविजित रहे।
श्रीलंका लागि लसिथ एम्बुल्डेनियाले २ तथा धनञ्जय सिल्भा, जन्म कुमार, विश्व फर्नान्डो र सुरंगा लकमलले १÷१ विकेट लिए।
विराटले हासिल गरे दुई ठूला उपलब्धि
भारतको मोहालीमा आफ्नो १००औँ टेस्ट खेल्दै विराट कोहलीले टेस्ट करियरमा ८ हजार रन पूरा गरेका छन्। कोहलीले श्रीलंकाविरुद्ध ३८ रन बनाउँदा टेस्टमा उनको ८ हजार रन पूरा भएको हो।
उनी राहुल द्रविड, सचिन तेन्दुलकर, वीभीएस लक्ष्मण, वीरेन्द्र सहवाग र सुनील गावस्करको सूचीमा सामेल छन्। जसले टेस्ट म्याचमा ८ हजार वा सोभन्दा बढी रन बनाएका छन्।
योसँगै उनी सबैभन्दा छिटो ८ हजार रन बनाउने खेलाडीको सूचीमा ५ नम्बरमा पुगेका छन्। सचिनले १५४ इनिङ्समा, द्रविडले १५८, सहवागले १६० र गावस्करले १६६ इनिङ्समा यो आँकडा पूरा गरेका थिए। कोहलीले १६९ औं इनिङ्समा ८ हजार रन पूरा गरेका हुन्।
यसका साथै कोहलीले टेष्ट क्रिकेटमा ९ सय बाउन्ड्री (चौका) पूरा गरेका छन्। उनी गावस्कर, तेन्दुलकर, द्रविड, गांगुली, लक्ष्मण र सहवागपछि ९ सय चौका पूरा गर्ने ७औँ भारतीय ब्याटर बनेका छन्।
प्रतिक्रिया