
काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदले आज पद तथा गोपनियताको सपथ लिएका छन् । नवनिर्वाचित सदस्यहरुको सपथ कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा भएको हो ।
चार वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभाका २० सांसद शुक्रबार बिदा भएका थिए । एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४/४ र कांग्रेसका ३ सदस्यको पदावधि शुक्रबारबाट सकिएको हो।
पदावधि सकिन लागेका १९ राष्ट्रियसभा सदस्यका लागि माघ १२ गते भएको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए भने एमाले र राप्रपाले छुट्टै उम्मेदवार दिएका थिए ।
सातै प्रदेशमा भएको मतदानबाट १९ जना राष्ट्रिय सभा सदस्य थपिएका हुन् । महिलाबाट ७, दलितबाट ३, अपांगता भएका व्यक्ति वा अल्पसंख्यकबाट २ र अन्य समूहबाट ७ जना सदस्य निर्वाचित भएका हुन् ।
प्रतिक्रिया