
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्याम युनाईटेडलाई १-० गोल अन्तरले हराएको हो ।
लिभरपुलको जितमा साडियो मानेले निर्णायक गोल गरे ।
उनले खेलको २७ औं मिनेटमा आर्नोल्डको पासमा गोल गरेका थिए ।
यस जितसँगै लिभरपुलले २७ खेलमा ६३ अंक जोडेको छ ।
लिभरपुल दोस्रो स्थानमा रहेको छ ।
सिटी ६६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
वेस्ट ह्याम ४५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
प्रतिक्रिया