Pura Samachar

सुनको मूल्य बढेसँगै सुन आयातमा समेत कडाइ दैनिक १० किलो

प्रकाशित: March 6, 2022
पूरा समाचार

सुनको मूल्य बढेसँगै सुन आयातमा समेत कडाइ दैनिक १० किलो

सुनको मूल्य बढेसँगै सुन आयातमा समेत कडाइ भएको छ। नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा नै घटाएको हो।

वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्दै आएकोमा त्यसको कोटालाई राष्ट्र बैंकले १० किलोमा झारिदिएको हो।

आज सर्कुलर जारी गर्दै राष्ट्र बैंकले आयात गर्न सकिने दैनिक परिमाण हाललाई १० किलोग्राम कायम गरिदिएको हो। नेपालको वैदेशिक मुद्रा सञ्चितिमा गिरावट समेत आइरहेकोले त्यसलाई समेत नियन्त्रण गर्ने सरकारको योजना छ।

प्रतिक्रिया