Pura Samachar

पहिरोमा ज्यान गुमाएकाका परिवारले १ लाख पाउने

प्रकाशित: August 16, 2020

पहिरोमा ज्यान गुमाएकाका परिवारले १ लाख पाउने

सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदीमा गत शुक्रबार गएको पहिरोमा परी मृत्यस भएकाका परिवारलाई स्थानीय प्रशासनले आर्थिक सहायता गर्ने भएको छ ।

विपद् व्यवस्थापन समितिको बैठकले पहिरोमा ज्यान गुमाएकाको परिवारलाई १ लाखका दरले राहत रकम प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै उनीहरुलाई काजकिरिया खर्चवापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

बैठकले दुबै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया