
काठमाडौं । बलात्कार गरेको आरोपमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद मोहन बानियाँलाई सांसद पदबाट निम्बन गरिएकाे छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँलाई सांसद पदबाट निलम्बन गरिएकाे जानकारी दिनुभएकाे हाे ।
मुगुबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुभएका बानियाँमाथि एक शिक्षिकाले बलात्कारको उजुरी दिएपछि बाँकै प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेकाे छ।
प्रतिक्रिया