काठमाडौं।
श्रीलंकासँगको टेष्ट सिरिजको पहिलो खेलमा भारत २ सय २२ रन र एक इनिङ्सले विजयी भएको छ। यस जितसँगै दुई खेलको सिरिजमा भारतले १–० को अग्रता बनाएको छ। फलो अनमा परेको श्रीलंकाले दोस्रो पारीमा १ सय ७८ रन मात्र बनाउन सक्यो। उसका लागि निरोशन डिकवेलाले अर्धशतकीय पारी खेले। उनले ८१ बलमा ९ चौकासहित अविजित ५१ रनयोगदान दिए। त्यस्तै, धनन्जय डिसिल्भाले ३०, एन्जेलो म्याथ्यूजले २८, कप्तान दिमुथु करुणारत्नले २७ र चरिथा असलंकाले २० रन बनाए।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्। बलिङमा रविचन्द्रन आश्विन र रवीन्द्र जडेजाले ४-४ र मोहम्मद शामीले २ विकेट लिए। पहिलो पारीमा श्रीलंका १ सय ७४ रनमै समेटिएको थियो।
उसका लागि पथुम निसांकाले अविजित ६१, चरित असलंकाले २९, कप्तान दिमुथ करुणारत्नेले २८, एन्जेलो म्याथ्यूजले २२ र लाहिरु थिरिमानेले १७ रनको योगदान दिए। बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।
श्रीलंकाका ४ खेलाडी शून्य रनमा आउट भए। भारतका लागि रवीन्द्र जडेजाले उत्कृष्ट बलिङ गरे। उनले १३ ओभरमा ४१ रन खर्चिएर महत्वूर्ण ५ विकेट लिए।यसक्रममा उनले ४ ओभर मेडन पनि राखे।
यस्तै, रविचन्द्रन आश्विन र जसप्रीत बुमराहले २-२ तथा मोहम्मद शामीले १ विकेट लिए। यसअघि मोहालीमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो पारीमा ८ विकेट गुमाएर ५ सय ७४ रन बनाउँदा इनिङ्स समाप्तिको घोषणा गरेको थियो।
उसका लागि रवीन्द्र जडेजाले शतकीय पारी खेले। उनले २२८ बलमा १७ चौका र ३ छक्कासहित नटआउट १ सय ७५ रनको योगदान दिए। उनको यो टेष्ट करियरको दोस्रो शतक हो। यसका साथै उनको यो टेष्ट करियरकै उत्कृष्ट ब्याटिङ पनि हो।
यसअघि टेष्ट क्रिकेटमा उनको उच्च स्कोर नटआउट १०० रन थियो। भारतका अन्य तीन ब्याटरले अर्धशतक पारी खेले। ऋषभ पन्त, रविचन्द्र आश्विन र हनुमा विहारीले अर्धशतक इनिङ्स खेलेका हुन्। पन्तले९७ बलमा ९ चौका र ४ छक्काको द्दतमा ९६ रन बनाउँदा आश्विनले ८२ बलमा ८ चौकासहित ६१ रन जोडे।
विहारीले १२८ बलमा ५ चौकाको मद्दतमा ५८ रन बनाउँदा विराट कोहली ४५, मयंका अग्रवाल ३३, कप्तान रोहित शर्मा २९ र श्रेयस अय्यर २७ रन बनाएर आउट हुँदा मोहम्मद शामी २० रनमा अविजित रहे। श्रीलंका लागि लसिथ एम्बुल्डेनिया र विश्व फर्नान्डोले २-२ तथा धनञ्जय सिल्भा, जन्म कुमार र सुरंगा लकमलले १-१ विकेट लिए।
बलिङमा ९ विकेट र ब्याटिङमा नटआउट १ सय ७५ रन जोडेका जडेजा पहिलो टेष्टको प्लेयर अफ द म्याच बने। भारत र श्रीलंकाबीचको दोस्रो टेष्ट १२ मार्चदेखि सुरु हुनेछ।













प्रतिक्रिया