Pura Samachar

धरानकी व्यवसायी तथा संचारकर्मी सुनिता केसी मृत अवस्थामा फेला

प्रकाशित: March 7, 2022
पूरा समाचार

धरानकी व्यवसायी तथा संचारकर्मी सुनिता केसी मृत अवस्थामा फेला

धरान- सुनसरीकाे धरान–१५ पुष्पलाल मार्गकी सुनिता केसी मृत अवस्थामा फेला परेकी छन् । विभिन्न सङ्घसंस्थामा आवद्ध रहेकी केसी घरमै भेटिएकी हुन् ।

उनी घरको काेठा झु न्डिएको अवस्थामा फेला परेको बताइएको छ । केसी नेपाल पत्रकार महासङ्घ सुनसरीकी साधारण सदस्य समेत हुन् । यसका साथै उनी विभिन्न सङ्घसंस्थामा आवद्ध थिइन् । महिला सञ्जाल धरान नगरकी सदस्य समेत हुन् ।

मृत्युको कारण हालसम्म खुल्न सकेको छैन । पेट्रोलियम डिलर एसोसिएसनकी केन्द्रीय सदस्यसमेत रहेकी केसी घरको पङ्खामा झु न्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया