Pura Samachar

मुलुकमा कोरोना संक्रमण हुने क्रम क्रमशः कम हुँदै तर जोखिम यथावत्:स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

प्रकाशित: March 7, 2022
पूरा समाचार

मुलुकमा कोरोना संक्रमण हुने क्रम क्रमशः कम हुँदै तर जोखिम यथावत्:स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

मुलुकमा कोरोना संक्रमण हुने क्रम क्रमशः कम हुँदै गएको छ। तर जोखिम यथावत् रहेको चिकित्सकहरूले बताएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार जनाएअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९२९ नमुना परीक्षण गरिएकामा ६८ जनामा मात्र कोरोना पुष्टि भएको छ। सोही अवधिमा ५८३ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन्।

त्यसैगरी बितेका २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ। योसँगै मुलुकमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको सङ्ख्या ११ हजार ९४७ पुगेको छ। हाल देशभर ६ हजार ४६१ जना सक्रिय सङ्क्रमित छन् भने १०८ जना क्वारेन्टिनमा छन्।

आइतबार सार्वजनिक तथ्यांकअनुसारर पछिल्ला २४ घण्टामा ८८ हजार ५६६ जनाले कोभिड–१९ विरुद्ध खोप लगाइसकेका छन्।
खोप अभियान सुरु भएयता ३ करोड ७७ लाख २१ हजार ८८६ मात्रा खोप लगाइसकिएको छ भने १ करोड ८५ लाख २७ हजार १९० जनाले पहिलो मात्रा खोप लगाएका छन्।

प्रतिक्रिया