
काठमाडाैं । साेमवार देशभरकाे माैसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।देशमा हाल कुनैपनि माैसमी प्रणालीकाे प्रभाव नभएकाे महाशाखाले जनाएकाे छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।
देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
प्रतिक्रिया