
काठमाडौं । नेकपा माओवादी केन्द्रले ९७ जना केन्द्रीय सदस्य मनोनित गरिएको छ ।
सोमबार बसेको माओवादी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समितिमा ९७ जना थप गर्नुभएको हो ।
केन्द्रीय समितिमा अध्यक्ष दाहालकी छोरी गंगा दाहाल र ज्वाईं जीवन आचार्य पनि मनोनित भएका छन् ।
त्यस्तै, वाईसीएलका अध्यक्ष सुमन देवकोटा, अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्ल पनि केन्द्रीय सदस्यमा मनोनित भएका माओवादी केन्द्रले जनाएको छ ।
खुलातर्फ ५५ तथा समानुपातिकतर्फ ४२ जना केन्द्रीय सदस्य मनोनित भएका हुन् । माओवादी केन्द्रले गत पुसमा भएको महाधिवेशनबाट २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो । बैठकले स्थानीय तहको निर्वाचन पछि मात्र पदाधिकारी चयन गर्ने जनाएको छ ।
प्रतिक्रिया