Pura Samachar

पछिल्लो २४ घण्टामा देशभर ८८ जनामा कोरोना संक्रमण पुष्टि ,१ जनाको मृत्यु ,३७६ जना संक्रमणमुक्त

प्रकाशित: March 7, 2022
पूरा समाचार

पछिल्लो २४ घण्टामा देशभर ८८ जनामा कोरोना संक्रमण पुष्टि ,१ जनाको मृत्यु  ,३७६ जना  संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १४५ पीसीआर परीक्षण गर्दा ६६ जना र २ हजार ४९३ एन्टिजेन परीक्षण गर्दा २२ जना गरी ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ ।

सोमबार ३७६ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या ६ हजार १५० रहेको छ ।

प्रतिक्रिया