Pura Samachar

आज नारी दिवस ,देश भर सार्वजनिक विदा

प्रकाशित: March 8, 2022
पूरा समाचार

आज नारी दिवस ,देश भर सार्वजनिक विदा

भोलि नारि दिवसको अवसरमा देश भर सार्वजनिक विदा दिइएको छ।गृह मन्त्रालयले प्रकासन गरेको सम्वत् २०७८ सालमा दिइने सार्वजनिक बिदाहरु को  सुचिमा महिला दिवसपनि रहेको छ।  नारीहरुको अन्तर्राष्ट्रिय दिवस्, मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस्, यस दिवसलाई महिला दिवस पनि भन्ने गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो ।नेप्सेले पनि भोलि महिला दिवसको अवसरमा सार्बजनिक बिदा भएको कारण शेयर बजार नखुल्ने जनाएको छ।नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो ।१९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरिएको थियो । सन् २०१३ मा आइपुग्दा बिश्वभर १०३ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । यो अहिले मार्च महिना भरी नै मनाइन्छ ।

प्रतिक्रिया