Pura Samachar

फिफा विश्वकप २०२२ को छनोट: युक्रेन र स्कटल्याण्डबीचको खेल स्थगित

प्रकाशित: March 8, 2022
पूरा समाचार

फिफा विश्वकप २०२२ को छनोट: युक्रेन र स्कटल्याण्डबीचको खेल स्थगित

फिफा विश्वकप २०२२ को छनोट अन्तर्गतको प्ले अफ सेमिफाइनलको युक्रेन र स्कटल्याण्डबीचको खेल स्थगित भएको छ।मार्च २४ मा हुने तय भएको यी दुई टोलीको खेल युक्रेनको आग्रहमा फिफाले स्थगित गरेको हो।

रुसले युक्रेनमा आक्रमण गरेसँगै युक्रेनले उक्त खेल स्थगित गर्न माग गरेको थियो।

मार्च २४ मा हुने उक्त खेलमा विजयी हुने टोलीले अष्ट्रिया र वेल्सबीचको खेलको विजेतासँग विश्वकप छनोटका लागि खेल्नुपर्ने हुन्छ।

युक्रेन र स्कटल्याण्डबीचको खेलको नयाँ मिति तय गर्ने विषयमा अहिले छलफल चलिरहेको छ।

यो खेल आगामी जुन महिनासम्मको लागि सर्न सक्ने बीबीसीले उल्लेख गरेको छ।

फिफा विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म चल्नेछ।

प्रतिक्रिया