
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) बिहान ६ बजे जनाएअनुसार अहिले पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ। दिउँसो पहाडी तथा हिमाली भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम, गण्डकी र प्रदेश १ का पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
प्रतिक्रिया