Pura Samachar

टोटनह्यामकाे एभर्टनमाथि ५–० को फराकिलो जित

प्रकाशित: March 8, 2022
पूरा समाचार

टोटनह्यामकाे एभर्टनमाथि ५–० को फराकिलो जित

इंग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा टोटनह्यामले एभर्टनमाथि ५–० को फराकिलो जित हात पारेको छ।टोटनह्यामलाई फराकिलो जित दिलाउने क्रममा ह्यारी केनले २ गोल गरे।

त्यस्तै सोन हेउङ मिन र सर्जियो रेगुइलोनले १/१ गोल गरे। १ गोल टोटनह्यामले आत्मघाती गोलको रुपमा उपहार पाएको थियो।

यससँगै लिगमा २६ खेलबाट ४५ अंक जोडेको छ। टोटनह्याम लिगको सातौं स्थानमा यथावत छ।लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले २८ खेलबाट ६९ अंक हात पारेको छ

प्रतिक्रिया