कच्चा तेलको मूल्य उच्च दरले बढिरहँदा आगामी दिनमा आपूर्तिमा चुनौति थपिएको निगमका निमित्त नायव कार्यकारी एवम् अर्थ/प्रशासन प्रमुख नागेन्द्र साहले बताउनुभयो ।
सरकारले २०७१ चैतदेखि स्वचालित मूल्य प्रणाली लागू गरेपछि पेट्रोलियम पदार्थ र ग्यासको खुद्रा बिक्रीको एक प्रतिशत रकम कोषमा जम्मा गर्दै आएको छ ।
तर, निगमले आईओसीलाई तिर्न अपुग रकम पनि सोही स्थिरीकरण कोषबाट झिक्दै आएको छ । उक्त कोष पनि रित्तिने अवस्थामा पुगेको छ । अब मूल्य बढेर आउँदा धान्न नसकिने निगमले जनाएको छ ।













प्रतिक्रिया