
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको राजधानी किभलाई दुई दिनमै कब्जा गर्ने योजना बनाएको समाचार सार्वजनिक भएको छ ।
अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख विलियम बर्नसले यसबारे खुलासा गरेका हुन् ।
मंगलबार एउटा संसदीय सुनुवाइको क्रममा बोल्दै बर्नसले अमेरिकी सांसदहरूलाई चेतावनी दिँदै पुटिनले अझ बल गरेर युक्रेनी सेनालाई दमन गर्ने प्रयास गर्न सक्ने सम्भावना रहेको बताएका थिए । ‘मलाई लाग्छ अहिले पुटिन आक्रोशित र हताश छन् । गैरसैनिक हताहत हुने कुरालाई बेवास्ता गर्दै उनले अझ बल गरेर युक्रेनी सेनालाई दमन गर्ने प्रयास गर्न सक्ने सम्भावना छ,’बर्नसको भनाइ उधृत गर्दै बिबिसीले लेखेको छ ।
पुटिन ‘धेरै वर्षदेखि गुनासो र महत्वाकांक्षाको एउटा ज्वलनशील मिश्रणमा’ तड्पिएको उनको भनाइ थियो । फेब्रुअरी २४ मा युक्रेनमाथि भएको रुसी पुटिनको ‘गहिरो निजी दृढ विश्वास’का कारण भएको उनले टिप्पणी गरे ।
प्रतिक्रिया