Pura Samachar

बिहीबार रुस र युक्रेनका विदेशमन्त्रीहरुबीच वार्ता हुने

प्रकाशित: March 9, 2022
पूरा समाचार

बिहीबार रुस र युक्रेनका विदेशमन्त्रीहरुबीच वार्ता हुने

रुस र युक्रेनका विदेशमन्त्रीहरुबीच टर्कीमा भेटवार्ता हुन भएको छ।रुसको विदेश मन्त्रालयले दुई मुलुकका विदेशमन्त्रीहरुको बीचमा भेटवार्ता हुन लागेको पुष्टि गरेको हो।

रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेपछि पहिलोपटक दुई मुलुकका शीर्ष अधिकारीहरुको बीचमा भेटवार्ता हुन लागेको हो।

रुसका विदेशमन्त्री सर्गेई लाभारोभ बिहीबार हुने भेटवार्ताका लागि टर्कीको अन्तल्या जानेछन्।

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलोबा पनि त्यहाँ पुग्नेछन्। टर्कीका विदेशमन्त्री मोभलट काभुसोग्लुको प्रस्तावमा यो वार्ता हुन लागेको हो।

अहिलेसम्मको तयारीअनुसार बिहीबार रुस र युक्रेनका विदेशमन्त्रीहरुबीच वार्ता हुनेछ। शुक्रबार कूटनीतिक सम्मेलन हुने तयारी छ।

अहिलेसम्म रुस र युक्रेनबीच केही चरणमा शान्ति वार्ता भए पनि अहिलेसम्म कुनै सम्झौता भने हुन सकेको छैन।

प्रतिक्रिया