Pura Samachar

महिला विश्वकपमा: वेस्ट इन्डिजको लगातार दोस्रो जित

प्रकाशित: March 9, 2022
पूरा समाचार

महिला विश्वकपमा: वेस्ट इन्डिजको लगातार दोस्रो जित

एजेन्सी।वेस्ट इन्डिजले आइसिसी महिला विश्वकपमा साविक विजेता इंग्ल्यान्डलाई ७ रन पराजित गरेको छ।जारी विश्वकपमा वेस्ट इन्डिजको लगातार दोस्रो जित हो।

वेस्ट इन्डिजले दिएको २ सय २६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४७.४ ओभरमा २ सय १८ रनमा अल आउट भयो।इंग्ल्यान्डको लागि ओपनर टम्मी बेउमोन्टले ७६ बलमा ४ चौकासहित सर्वाधिक ४६ रनको योगदान दिइन।सोफिया डंकलीले ३८,सोफी इक्लेस्टोन र डान्नी वाटले ३३-३३ तथा केट क्रसले २७ रन जोडिन।

इंग्ल्यान्डलाई ३ ओभरमा ९ रन आवश्यक हुदा विकेट हातमा थियो।अनिशा मोहम्मदको पहिलो बलमा केट क्रस आउट भएपछि इंग्ल्यान्डको जितको आशा टाढिएको थियो।चौथो बलमा अन्या श्रुबसोल आउट भएपछि वेस्ट इन्डिज विजयी भयो।

बलिङतर्फ वेस्ट इन्डिजको लागि शामिलिया कोन्नेलले ८ सर्वाधिक ३ विकेट लिइन।हेली म्याथ्युज र अनिशा मोहम्मदले २-२ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै २ सय २५ रन जोडेको थियो।वेस्ट इन्डिजको लागि शेमाइन कैंपबेलले ८० बलमा ४ चौकासहित सर्वाधिक ६६ रनको योगदान दिइन।चेदैन नेशन ७४ बलमा ३ चौकासहित ४९ रनमा अविजित रहिन।हेली म्याथ्युजले ४५ र डिएन्ड्रा डोटिनले ३१ रन जोडे।

बलिङतर्फ इंग्ल्यान्डकी सोफी इक्लेस्टोनले सर्वाधिक ३ विकेट लिइन।

वेस्ट इन्डिजले पहिलो खेलमा आयोजक न्युजिल्यान्डलाई ३ रनले पराजित गरेको थियो।लगातार दोस्रो हार बेहोरेको इंग्ल्यान्ड पहिलो खेलमा अष्ट्रेलियासँग १२ रनले पराजित भएको थियो।

प्रतिक्रिया