
एजेन्सी: युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अब नेटोको सदस्यतानलिने बताएका छन् । रुसलाई शान्त पार्नका लागि उनले यो घोषणा गरेको समाचारहरुमा जनाइएको छ । उनी दुुई फरक फरक रुसी समर्थक क्षेत्र (डोनेट्स्क र लुहान्सक) को स्थितिबारे सम्झौता गर्नका लागि समेत तयार भएका छन् । जसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुअरीमा हमला सुरु गर्नु ठिक पहिले स्वतन्त्र राष्ट्रको घोषणा गरिएको थियो र मान्यता पनि दिइएको थियो । यो त्यही मुद्धा हो जसलाई रुस र युक्रेनकाबीच युद्धको कारक मानिएको थियो ।
रिपोर्टका अनुसार नेटो युक्रेनलाई स्वीकार गर्न तयार छैन । नेटोको सदस्यता नलिने ठोकुवा गर्दै जेलेन्स्कीले भनेका छन्,‘म यस्तो देशको राष्ट्रपति बन्न चाहन्नँ,जो घुँडा टेकेर केही मागिरहेको होस् ।’
नेटोलाई खतरा मान्छ ?
रुसले छिमेकी मुलुक युक्रेन नेटोमा समावेश होस् भन्ने चाहँदैन । रुस नेटोको विस्तारलाई एक खतराको रुपमा हेर्छ । किनकी उ आफ्नो ढोकामा नयाँ पश्चिमी सहयोगीको सेना चाहँदैन ।
दुई क्षेत्रमा सम्झौताको संकेत
युक्रेनमा हमला गरेर विश्वलाई तरंगित बनाउन पूर्व पुटिनले पूर्वी युक्रेनमा रहेका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र घोषित गरेका थिए । अब पुटिन चाहन्छन् कि युक्रेनले उसलाई स्वतन्त्र देशको मान्यता दिनुपर्छ । यो सम्बन्धमा जेलेन्स्कीले आफू वार्ताका लागि तयार भएको बताएका छन् ।
प्रतिक्रिया