Pura Samachar

देशभरकाे माैसममा सामान्य बदली हुने

प्रकाशित: March 10, 2022
पूरा समाचार

देशभरकाे माैसममा सामान्य बदली हुने

काठमाडाैं । बिहीवार देशभरकाे माैसममा सामान्य बदलाव हुने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी तथा उच्च हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाकाे भनाइ छ।

देशको पहाडी भूभागमा अपरान्हपछि एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

प्रतिक्रिया