Pura Samachar

संखुवासभामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३

प्रकाशित: March 10, 2022
पूरा समाचार

संखुवासभामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३

काठमाडौं । संखुवासभामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

आज बिहान मादी नगरपालिकाबाट झापा जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस  मादी नगरपालिकाको रामदेवी भन्ने ठाउँमा बस दुर्घटना भएको हो ।

मृत्यु हुनेमा ९ पुरुष र ४ महिला रहेको प्रहरीले जानकारी दिएको छ । अहिले उद्धार कार्य जारी रहेको छ । घाइतेहरुलाई उद्धार गर्दै अस्पताल पठाउदै गरेको जानकारी प्रहरीले दिएको छ ।

बसमा कतिजना सवार थिए भन्ने यकिन नभएपनि कम्तीमा २५ जना रहेको बताइएको छ । बस सडकबाट तीन सय मिटर भन्दा तल खसेको बताइएको छ ।

प्रतिक्रिया