Pura Samachar

एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देश विकास र रोजगार बढाउने:प्रधानमन्त्री शेरबहादुर देउवा

प्रकाशित: March 10, 2022
पूरा समाचार

एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देश विकास र रोजगार बढाउने:प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं, २६ फागुन-प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देश विकास र रोजगार बढाउने बताएका छन् ।

पर्साको वीरगञ्जमा बिहीबार कांग्रेस पर्साको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देशको विकास र रोजगार बढाउन सहयोग गर्ने दाबी गरेका हुन् ।

‘एमसीसीबाट आउने रकम ऋण होइन अनुुदान हो,’ प्रधानमन्त्री देउवाले भने, ‘यसले देशको विकास र रोजगार बढाउँछ ।’उनले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया