
काठमाडौं । विश्वभर कोरोना भाइरसबाट अहिलेसम्म साढे सात लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । साथै संक्रमितको संख्या बढेर दुई करोड १२ लाखभन्दा बढी पुगिसकेको छ ।
हामी तपाईंलाई यहाँ कोरोना भाइरसको संक्रमण कसरी फैलिन्छ र यसबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा जानकारी दिन गइरहेका छौं ।
कोरोना भाइरसले मानिसको फोक्सोलाई संक्रमित गर्दछ । यसका मुख्य दुई लक्षण हुन्छन्, ज्वरो र सुख्खा खोकी । कैयौं पटक यसका कारण संक्रमित व्यक्तिलाई स्वास फेर्न कठिनाई उत्पन्न हुने गर्दछ ।
कोरोनाका कारण लाग्ने खोकी सामान्य खोकी जस्तो हुँदैन । यस कारण लगातार खोकी लाग्छ अर्थात संक्रमित व्यक्तिलाई एक घण्टा अथवा त्यो भन्दा पनि लामो समयसम्म लगातार खोकी लाग्न सक्छ । २४ घण्टाभित्र कम्तिमा तीन पटक यस प्रकारको असर देखिन सक्छ । तर, यदि खोकीमा खकार देखियो भने अवस्था चिन्ताजनक हुन सक्छ ।
कोरोना भाइरसका कारण शरीरको तापक्रम ३७.८ डिग्री सेल्सियसम्म बढ्न सक्छ । जसका कारण व्यक्तिको शरीर तातो हुन सक्छ र उसलाई जाडो महसुस हुन सक्छ । व्यक्तिको शरीरमा कम्पनको महसुस हुन सक्छ ।
यस कारण घाँटीमा खसखस, टाउको दुख्ने, पखाला लाग्ने पनि हुन सक्छ । हालैको एक शोधका अनुसार केही खाँदा स्वाद महसुस नहुने र कुनै कुराको गन्धको पनि महससस नहुनु पनि कोरोना भाइरसको लक्षण हुन सक्छ ।
कारोना भाइरसको लक्षण देखिन सुरु हुनका लागि औसत रुपमा पाँच दिनको समय लाग्न सक्छ । तर, केही मानिसहरुमा यो त्यस अगावै पनि पनि देखिन सक्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार भाइरस शरीरमा पुग्ने र लक्षण देखिने समयको बीचमा १४ दिनसम्मको समय लाग्न सक्छ ।
कहिले हुन्छ अस्पताल भर्नाको आवश्यकता ?
कोरोना संक्रमित मध्ये अधिकांश विरामी आराम गर्नुका साथै प्यारासिटामोल जस्ता पीडा कम गर्ने (पेन किलर) औषधी खाँदा निको हुन सक्छन् ।
संक्रमितलाई स्वास फेर्न गाह्रो भए अस्पताल भर्ना हुन जरुरी हुन्छ । संक्रमितको फोक्सोको जाँच गरेर डाक्टरले संक्रमण कति फैलिएको छ र विरामीलाई अक्सिजन वा भेन्टिलेटरको मध्ये के को आवश्यकता छ भन्ने बारेमा पत्ता लगाउन सक्छन् ।
तर, यसमा विरामीलाई अस्पतालको आपतकालीन विभाग अर्थात ऐक्सिडेन्ट ऐन्ड इमर्जेन्सीमा भर्ना हुन आवश्यक हुँदैन् ।
इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा के हुन्छ ?
इन्टेन्सिभ केयर युनिट अस्पतालमा विशेष प्रकारको वार्ड हो । जहाँ गम्भीर प्रकारका विरामीलाई राखिन्छ ।
यहाँ कोरोना भाइरसका संक्रमितलाई अक्सिजनको आवश्यकता मुखमा अक्सिजन मास्क लगाएर वा नाकबाट ट्यूबका माध्यमबाट पूर्ति गरिन्छ ।
गम्भीर रूपमा विरामी भएकाहरुलाई भेन्टिलेटरमा राखिन्छ । यहाँ सोझै फोक्सोसम्म अक्सिजनको अधिक सप्लाई पुर्याइन्छ । जसका लागि विरामीको मुखमा ट्यूब लगाइन्छ वा नाक अथवा घाँटीमा चिरेर फोक्सोमा अक्सिजन दिइन्छ ।
कोरोना भाइरस कति घातक छ ?
कोरोना भाइरसको संक्रमणको आँकडाको तुलनामा मृत्यु हुनेको संख्या एकदमै कम छ । यद्यपि, यि आंकडामा पूरै विश्वास गर्न सकिदैन । तर, आंकडा हेर्दा संक्रमण हुँदा मृत्युको दर थोरै छ ।
अहिले कैयौं देशहरुमा संक्रमित लाखौं मानिसहरुको उपचार जारी छ । र मृत्यु हुनेको आँकडा बढ्न पनि सक्छ ।
कति तिब्रतामा फैलिदै छ कोरोना भाइरस ?
दिनानुदिन विश्वभर कोरोनाका हजाराै मामिला देखिरहेका छन् । तर, अहिले पनि कैयौं मामिलाहरु स्वास्थ्य एजेन्सीहरुको नजरमा पर्न नसकेका अनुमान गरिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को पछिल्लो तथ्यांकअनुसार विश्वभरका दुई सय १६ देशहरुमा अहिलेसम्म संक्रमणका दुई करोड १२ लाख ६० हजार सात सय ६० मामिला पुष्टि भइसकेका छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या सात लाख ६१ हजार १८ पुगिसकेको छ ।
कोरोना भाइरसको संक्रमण सबैभन्दा बढी अमेरिका, ब्राजिल, भारत, रुस, दक्षिण अफ्रिकामा देखिएको छ ।
प्रतिक्रिया