Pura Samachar

सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल खोल्ने निर्णय

प्रकाशित: March 11, 2022
पूरा समाचार

सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल खोल्ने निर्णय

सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल खोल्ने निर्णय गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठ नागरिकलाई लक्षित गरेर छुट्टै अस्पताल खोल्ने निर्णय गरेको हो।

स्वास्थ्यमन्त्री विरोध खतिवडाका अनुसार मन्त्रिपरिषद्को निर्णयसँगै अब अस्पतालका लागि जग्गा खोज्ने, अधिग्रहण गर्नेलगायतका काम सुरु हुनेछन्।

त्यसैगरी मन्त्रिपरिषदले ५० वर्ष भन्दामाथि उमेरका नागरिकको मिर्गौला, कलेजो, मुटुलगायतको परीक्षण वर्षको एकपटक निःशुल्क रुपमा गर्ने निर्णयसमेत गरेको छ।

बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले मृत्युपछि अंगदान गर्ने घोषणासमेत गरेका एक मन्त्रीले जानकारी दिए।

मृत्युपछि अंगदान गर्न आम नागरिकलाई प्रेरित गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको ती मन्त्रीले बताए।

प्रतिक्रिया