Pura Samachar

चेल्सीको सहज जित

प्रकाशित: March 11, 2022
पूरा समाचार

चेल्सीको सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित हासिल गरेको छ ।

बिहीबार राति भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ३-१ गोल अन्तरले हराएको हो ।

खेलको तेस्रो मिनेटमा ट्रेभो चालोबहले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।

मासन माउन्टले १४ औं मिनेटमा गोल गर्दै चेल्सीको अग्रता २-० को बनाए ।

 

खेलको ६९ औं मिनेटमा टिमु पुकीले पेनाल्टीबाट गोल गर्दै नर्विचलाई २-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ९० औं मिनेटमा काइ हार्भट्जए गोल गर्दै चेल्सीलाई ३-१ को जित दिलाए ।

यस जितसँगै चेल्सीले २७ खेलमा ५६ अंक जोडेको छ ।

चेल्सी तेस्रो स्थानमा रहेको छ ।

नर्विच १७ अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिक्रिया