Pura Samachar

नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक चैत ९ र १० गते बस्ने

प्रकाशित: March 11, 2022
पूरा समाचार

नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक चैत ९ र १० गते बस्ने

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक चैत ९ र १० गते बस्ने भएको छ ।

चैत १ गते सचिवालयको र चैत ७ गते पोलिट्ब्यूरोको बैठकपछि केन्द्रीय कमिटीको बैठक बस्ने एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो ।

वैशाख ३१ गते हुने स्थानीय तह चुनावको तयारी तथा चुनावमा पार्टीले अबलम्बन गर्ने रणनीतिका विषयमा केन्द्रीय समिति बैठकमा छलफल हुने बताइएको छ ।

सत्तारुढ दलभित्र चुनावी तालमेल गर्ने विषयमा छलफल चलिरहेको बेला एमाले एक्लै चुनावमा लड्ने बताउँदै आएको छ ।

प्रतिक्रिया