Pura Samachar

नारायणीमा केटो (गैंडाको बच्चा) बग्यो

प्रकाशित: August 17, 2020

नारायणीमा केटो (गैंडाको बच्चा) बग्यो

काठमाडौं । नारायणी नदीले गैंडाको बच्चा (केटो) बगाएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टरअन्तर्गत नवलपरासीतर्फको सेरीधजाबाट शनिबार बग्दै गरेको केटो देखिएपछि उद्धारको प्रयास गरिएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी दुईरतीन वर्षको केटो खोजीका लागि सम्बन्धित पोष्टबाट परिचालन गरिएको भए पनि उद्धार गर्न नसकिएको हो ।

उनले भने, “कतै उत्रियो वा बगेर गयो, थाहा हुन सकेन ।” यसअघि २०७४ मा आएको बाढीसँगै बढेको राप्ती र नारायणीले बगाएर धेरै गैँडा भारत पुगेका थिए ।

भारत र नेपाली सीमाबाट १३ वटा गैंडा उद्धार गरी निकुञ्ज ल्याइएको थियो । अरु थप गैंडा भारतीय भूमिमा भएको अनुमान छ । यस वर्ष पनि गत साता राप्ती नदीमा डुबेको अवस्थामा गैंडा मृत भेटिएको थियो ।

बरालले अर्काे गैंडाले हानेर गम्भीर अवस्थामा नदी तर्ने क्रममा भासिएर मरेको अनुमान गरिएको बताए ।

निकुञ्ज हुँदै ठूला दुई राप्ती र नारायणी नदी बग्ने गर्दछन् । हरेक वर्षको वर्षायाममा ती नदी बढेर वन्यजन्तु बगाउने गर्दछ ।

प्रतिक्रिया