Pura Samachar

काठमाडौंबाट दिल्ली जान लागेका दुई थाई महिला त्रिभुवन विमानस्थलमा पक्राउ

प्रकाशित: March 11, 2022
पूरा समाचार

काठमाडौंबाट दिल्ली जान लागेका दुई थाई महिला त्रिभुवन विमानस्थलमा पक्राउ

काठमाडौंबाट दिल्ली जान लागेका दुई थाई महिला त्रिभुवन विमानस्थलमा पक्राउ परेका छन्।

भारतीय मुद्राको अवैध कारोबार गरेको आशंकामा दुई थाई महिलालाई प्रहरीले अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान बिन्दुबाट बिहीबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ३२ वर्षीया वानविसा जान्तासन र ४१ वर्षीया वारापोर्न खुन्सोम्बाट छन्।

वानविसाको साथबाट एक लाख ७९ हजार ५०० भारू र वारापोर्नको साथबाट एक लाख १५ हजार भारू बराबद भएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

उनीहरू भिस्तारा एयरको उडानबाट दिल्ली जान लागेका थिए।

प्रहरीका अनुसार उनीहरूलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग पठाइएको उक्त कार्यालयले जनाएको छ।

प्रतिक्रिया