Pura Samachar

पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना

प्रकाशित: March 12, 2022
पूरा समाचार

पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडाैं । शनिवार देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यता सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाकाे भनाइ छ ।

गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश १ को एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय वायूकाे सामान्य प्रभाव रहेकाे छ ।

प्रतिक्रिया