Pura Samachar

कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित (विमलेन्द्र निधि निकट मानिन्छन्)

प्रकाशित: March 12, 2022
पूरा समाचार

कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित (विमलेन्द्र निधि निकट मानिन्छन्)

काठमाडौं । नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन् ।

दोस्रो चरणमा भएको निर्वाचनमा सन्तोष यादव हराउँदै परियार निर्वाचित भएका हुन् । पजियारले १ हजार ७ सय ३५ मत पाउँदा यादवले १ हजार ४६ मत पाएका छन् ।

पजियार विमलेन्द्र निधि निकट मानिन्छन् । यस्तै, पराजित भएका यादव भने पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

पजियार क्षिरेश्वरनाथ नगरपालिकाका मेयरसमेत हुन् ।

प्रतिक्रिया