Pura Samachar

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश

प्रकाशित: March 12, 2022
पूरा समाचार

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट मेयर बनेका सरावगी पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन् । हाल उनी जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रहेका थिए ।

अध्यक्ष केपी शर्मा ओलीले शनिबार वीरगञ्ज पुगेर पार्टीमा स्वागत गरेका हुन् । मेयर सरावगीसँगै अन्य नेता कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया