Pura Samachar

गैरआवासीय नेपाली संघको निर्वाचन फेरि परिवर्तन चैत १० र ११ गते हुने

प्रकाशित: March 12, 2022
पूरा समाचार

गैरआवासीय नेपाली संघको निर्वाचन फेरि परिवर्तन चैत १० र ११ गते हुने

नयाँ निर्वाचनको मिति चैत १० र ११ गतेका लागि तय गरिएको निर्वाचन समितिले शनिबार एक सूचना जारी गरी जनाएको छ। जारी सूचनामा विद्युतीय माध्यमबाट हुने भनि तय गरिएको निर्वाचन प्राविधिक पक्षलाई मध्यनजर गरी चैत १० र ११ गते (मार्च २४-२५ ) हुने बताइएको छ।

सूचनामा सो मितिमा निर्वाचन गर्न उपयुक्त हुने अन्तरराष्ट्रिय समन्वय परिषदका अख्तियार प्राप्त अध्यक्षबाट लिखित निर्देशन प्राप्त भएको समेत उल्लेख गरिएको छ।

प्रतिक्रिया