काठमाडौं । महानगरीय प्रहरी वृत्त कालीमाटीमा रहेका एक थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार हिरासतमा रहेका एक पुरुषमा कोरोना देखिएको हो । कोरोना देखिएपछि वृत्तमा रहेका अन्य १७ जना थुनुवाको समेत कोरोना परीक्षण गर्ने तयारी भएको छ । यसअघि वृत्त कालीमाटीमै कार्यरत प्रहरीमा समेत कोरोना संक्रमण देखिएको थियो ।
प्रतिक्रिया