
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा काँग्रेस र एमालेले पैसाको बलमा मत किन्ने प्रयत्न गर्ने बताउनुभएको छ ।
शनिबार ईलाम–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजना गरेको भेलामा बोल्दै नेता खनालले निर्वाचन जित्न नेपाली काँग्रेसका नेताहरु र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बोरामा पैसा लिएर आउने बताउनुभयो ।
केही कांग्रेसी नेताहरुले आगामी निर्वाचनमा खल्तीमा लड्छौँ भन्नुको अर्थ पैसाको बोराको खेल हुने र एक्लै जित्ने सोच बनाएको बताउनुभयो ।
उहाँले एमालेले आफूलाई हराउन ठूलै शक्ति केन्द्रीत गर्ने रणनीति बनाइरहेको समेत दाबी गर्नुभयो । उहाँले आफ्नो पार्टी कान्छो भए पनि निर्वाचन आचारसंहितालाई सही प्रयोग गरेर चुनावी मैदानमा उत्रिन लागेको बताउनुभयो । नेता खनालले आफ्ना कार्यकर्ताहरूलाई निर्वाचन आचारसंहितालाई मानेर चुनावी मैदानमा उत्रिन निर्देशन समेत दिनुभयो ।
प्रतिक्रिया