Pura Samachar

छैटौं संस्करणको राजर्षि जनक कप फुटबलको खेल तालिका सार्वजनिक

प्रकाशित: March 12, 2022
पूरा समाचार

छैटौं संस्करणको राजर्षि जनक कप फुटबलको खेल तालिका सार्वजनिक

काठमाडौं । छैटौं संस्करणको राजर्षि जनक कप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।

आयोजक बागमती युवा क्लबले चैत २ देखि ११ गतेसम्म संचालन हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक खेल तालिका अनुसार उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ।

सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आयोजना हुने प्रतियोगिताको विजेताले १० लाख १ हजार नगद प्राप्त गर्ने छन् ।

यस्तै उपविजेताले ५ लाख ५ सय पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १२ टोलीको सहभागिता रहने छ ।

प्रतिक्रिया