Pura Samachar

आज (आइतबार) बस्ने प्रतिनिधि सभाको बैठकमार्फत महाभियोग प्रस्तावबारे छलफल गर्ने

प्रकाशित: March 13, 2022
पूरा समाचार

आज (आइतबार) बस्ने प्रतिनिधि सभाको बैठकमार्फत महाभियोग प्रस्तावबारे छलफल गर्ने

आज (आइतबार) बस्ने प्रतिनिधि सभाको बैठकमार्फत महाभियोग प्रस्तावबारे छलफल गर्ने दिन र समय निर्धारण गरिने भएको हो। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे प्रतिनिधि सभा बैठकमा छलफल हुने भएको छ।

महाभियोग प्रक्रिया अघि बढाउन प्रतिनिधिसभाले यसअघि नै महाभियोग अध्ययन तथा सिफारिस समिति गठन गरिसकेको छ।

सत्तागठबन्धनका सांसदहरूले जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गराएका हुन्। यसपछि जबरा प्रधानन्यायाधीश पदबाट स्वतः निलम्बन भएका छन्।

प्रतिक्रिया