Pura Samachar

म्यानचेस्टर युनाईटेडले टोटेनहमलाई ३-२ गोल अन्तरले हरायाे, रोनाल्डोकाे ह्याट्रिक

प्रकाशित: March 13, 2022
पूरा समाचार

म्यानचेस्टर युनाईटेडले टोटेनहमलाई ३-२ गोल अन्तरले हरायाे, रोनाल्डोकाे ह्याट्रिक

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ ।

शनिबार राति भएको खेलमा युनाईटेडले टोटेनहमलाई ३-२ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा खेलको १२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाए ।

खेलको ३५ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए ।

 

खेलको ३८ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए ।

खेलको ७२ औं मिनेटमा युनाईटेडका ह्यारी मग्वाएरले आत्मघाती गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो ।

त्यसपछि खेलको ८१ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै युनाईटेडलाई ३-२ गोलको जित दिलाए ।

यस ह्याट्रिकसँगै रोनाल्डोले व्यवसायिक फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन् ।

उनले ८ सय ७ गोल पूरा गर्दै कीर्तिमान बनाएका हुन् ।

युनाईटेड फर्किएपछि रोनाल्डोको यो पहिलो ह्याट्रिक हो । उनले १४ वर्ष ५९ दिनपछि प्रिमियर लिगमा ह्याट्रिक गरे ।

जितसँगै युनाईटेडले २९ खेलमा ५० अंक जोडेको छ ।

युनाईटेड चौंथो स्थानमा रहेको छ ।

टोटेनहम ४५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया